महामन्त्रीमा हारे पछि रक्षामन्त्री रिजालले दिए राजीनामा

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २०९ पटक पढिएको

 

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । रिजालले बिहीबार पत्रकार सम्मेलन मार्फत आफ्नो हारले गर्दा आफ्नो समर्थन संकुचित भएको भन्दै नैतिकताको आधारमा राजीनामा दिएका हुन् । 

चुनावी मैदानमा रहेका मन्त्री रिजालले प्रारम्भिक मतपरिणामलाई दृष्टिगत गर्दै राजीनामाको घोषणा गरेका थिए ।  काँग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भए लगत्तै महामन्त्रीका प्रत्याशी रिजालको राजीनामा आएको हो । उनले कसैको दबाब नभएर नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा पत्र बुझाइसकेका छन् । उनले राजीनामा दिँदा भने ‘नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त संकुचित भएको स्पष्ट छ’ । 

रिजालले राजीनामा पत्रमा लेखेका छन्, ‘यस कुरालाई हृदयंगम गर्दा मैले रक्षामन्त्री पदमा रहिरहनु नैतिक रुपमा उपयुक्त हुन्न । तसर्थ रक्षामन्त्री पदबाट राजीनामा दिएको छु ।’ रिजालले मन्त्रीको जिम्मेवारीमा रहेर राष्ट्रको सेवा गर्ने अवसर दिएको भन्दै धन्यवाद दिएको छ । रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित