काँग्रेसको महामन्त्रीमा थापा र शर्मा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १६९ पटक पढिएको

 

नेपाली काँग्रेसको महामन्त्रीमा गगन कुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार नेपाली काँग्रेसको विधान अनुसार थापा र शर्मा महामन्त्री पदमा निर्वाचित भएका हुन् । 

केन्द्रीय निर्वाचन समितिले १४ औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतपरिणाम सार्वजनिक गरेको छ । सार्वजनिक परिणाम अनुसार अनुसार थापाले ३०२३ मत र विश्वप्रकाश शर्मा १९८४ मत ल्याएर विजयी भएका छन् ।

त्यसैगरी महामन्त्रीका ६ प्रतिस्पर्धीमध्ये प्रकाशशरण महतले १५५६, प्रदीप पौडेलले १३९३, मिनेन्द्र रिजालले ८०९ मत प्राप्त गरेका छन् भने राजाराम कार्कीले १०६ मत मात्र प्राप्त गरेका छन् । मतगणना अनुसार कुल ४६८२ खसेको थियो भने ४३ मत बदर भएको छ । 

काँग्रेस सभापति र उपसभापतिको भने यस अघि टुंगो लागिसकेको छ । संयोजक घिमिरका अनुसार सहमहामन्त्रीको मतगणना हाल भइरहेको छ । उनले सहमहामन्त्रीको मतगणना सम्पन्न भएपछि केन्द्रीय सदस्यको मतगणना सुरु हुने जनाएको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित