Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

काँग्रेस महामन्त्रीमा थापाको अग्रता

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १३३ पटक पढिएको

 

नेपाली काँग्रेसको १४ औँ महाअधिवेशन अन्तर्गत महामन्त्रीपदको लागि भइरहेको मतगणनामा गगन कुमार थापाको अग्रता देखिएको छ । निर्वाचन समितिका अनुसार अपराह्न १ बजे सम्म भएको मतगणनामा थापाले १६४८ मत प्राप्त गरेका छन् । 

त्यसै गरि विश्वप्रकाश शर्माले १०१९, प्रकाशशरण महतले ८२७, प्रदीप पौडेलले ७४६ र मिनेन्द्र रिजालले ४३६ मत पाएका छन् भने डा. राजाराम कार्कीले भने ६४ मत पाएका छन् । हाल सम्म २५२० मतगणना भएको छ । पहिलो र दोस्रो हुने दुई जना कांग्रेस महामन्त्रीका लागि निर्वाचित हुनेछन् ।

थापा र रिजाल काँग्रेस महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला समूहबाट उम्मेदवार बनेका हुन् भने महत र पौडेल शेरबहादुर देउवा समूहका उम्मेदवार हुन् । त्यस्तै कार्की विमलेन्द्र निधि समूहका उम्मेदवार हुन् । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित