सन्दीप लामिछानेलाई कप्तान बनाउने क्यानको निर्णय
- वर्ल्ड दैनिक
- १ साल अघि
- ३५४ पटक पढिएको

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको कप्तानमा सन्दिप लामिछानेलाई नियुक्त गरेको छ । क्यानको बुधबार बसेको बैठकले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गर्दै लामिछानेलाई कप्तानको जिम्मेवारी दिएको हो ।
संघले गठन गरेको अनुशासन उल्लंघन सम्वन्धी छानविन समितिले गरेको सिफारिस बमोजिम आचारसंहिता उल्लंघन आरोपमा उनीहरुलाई कारवाही गरिएको क्यानले दाबी गरेको छ ।
मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई कारबाही गरेको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जनाएका छन् । उनका अनुसार अनुशासन उल्लंघनबारे गठन गरेको छानबिन समितिको सिफारिस अनुसार उनीहरुलाई कारबाही गरिएको हो ।
अनुशासन उल्लंघन आरोपमा सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गर्दै २०२२ को सेन्ट्रल कम्ट्रयाक्टमा ६ महिना सहभागी नगराउने निर्णय भएको छ । तर खेलाडीहरूलाई राष्ट्रिय टिमबाट खेल्न कुनै बन्देज नलगाईने बताईएको छ ।
खेलाडी वर्गीकरणमा भएको त्रुटीको विषयमा कप्तान मल्लले असन्तुष्टी पोख्दै आएका थिए ।