भागवण्डाको राजनीति गर्दैनौं : डा. शेखर कोइराला
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २३८ पटक पढिएको

काँग्रेस १४ औँ महाअधिवेशनमा सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा प्रतिष्पर्धी डा. शेखर कोइरालाले भागवण्डाको राजनीति नगर्ने बताएका छन् । काठमाडौँमा आज भएको धन्यबाद ज्ञापन कार्यक्रममा डा. कोइरालाले पार्टीलाई पहिलाको जसरी चलाउन नदिने भन्दै भागवण्डाको राजनीति नगर्ने बताएका हुन् ।
आफु नेपाली काँग्रेसको रुपान्तरणका लागि लागिसकेको बताउँदै उनले भने, " भागबण्डाको राजनीतिमा लाग्दैनौं, गुटबन्दीको राजनीतिमा हामी लाग्दैनौं । हामी हाम्रो काम गर्दै जान्छौं । राम्रो काम गर्दै उहाँहरुलाई आफैं सोच्न बाध्य बनाउँछौ ।
उनले काँग्रेसको रुपान्तरणका लागि आफू लागिसकेको भन्दै कोइरालाले निरन्तर रुपमा कार्यकर्ताको घरदैलोमा पुग्ने पनि बताएका छन् । मेरा टीमका साथीहरु पनि आउने भन्दै उनले भने, ‘आगामी महाधिवेशनमा हामीले सफलता प्राप्त गर्नेछौं भन्ने विश्वास लिएको छु ।’
त्यसैगरी युवा पुस्ताको लागि काँग्रेसभित्र अवसरै अवसर खोलिदिएका बताउँदै उनले आफ्नो राजनीतिक एजेण्डाहरु स्थापित भएका दाबि पनि गरेका छन् । डा. शेखर कोइरालाले सँगै नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी तथा उपसभापति र महामन्त्रीमा उम्मेदवारी दिएका नेताहरु उक्त कार्यक्रममा उपस्थित थिए ।
मंगलबार अबेर राति साढे २ बजेतिर सकिएको मतणनाअनुसार शेरबहादुर देउवा २७३३ मतका साथ सभापतिमा निर्वाचित भएका थिए भने कोइरालाले १८५५ मत पाएका थिए ।