राष्ट्रपतिको कदमको मतलब छैन, नागरिकता विधेयक खारेज हुनुपर्छ: केसी

  • वर्ल्ड दैनिक
  • १ हप्ता अघि
  • २३ पटक पढिएको
राष्ट्रपतिको कदमको मतलब छैन, नागरिकता विधेयक खारेज हुनुपर्छ: केसी

|Chitra Bahadur KC. Photo: Bijay Gajmer/Republica/Nagarik

काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे चालेको कदमका विषयमा कुनै आपत्ति नभएको प्रतिक्रिया दिएका छन् । उनले राष्ट्रपति भण्डारीले चालेको कदम ठिक बेठीक भन्दा पनि नागरिकता विधेयक खारेज हुनुपर्ने केसीको भनाई छ ।

हाम्रो मत नागरिकता विधेयक पारित गर्नु हुँदैन भन्ने हो । नागरिकता विधेयकका विषयमा हाम्रो सहमति छैन । असहमति छ ’ नेपालफेससंग कुरा गर्दै केसीले भने, विदेशीलाई वंशजको नागरिकता दिन नहुने केसीको भनाई छ ।
राष्ट्रपति भण्डारीको कदमबारे सत्तारुढ गठबन्धनले एक संयुक्त विज्ञप्ति जारी गरेको थियो तर राष्ट्रिय जनमोर्चाले भने उक्त संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेको छैन ।

उनले भने गठबन्धनभित्रका दलले जे मान्छन् त्यो सबै मानेर जानुपर्छ भन्ने हुँदैन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित