प्रदर्शनकारीहरुद्वारा राजपाक्षे परिवार तथा सत्तारुढ दलका १५ भन्दा बढी सदस्यको घर आगजनी
- वर्ल्ड दैनिक
- २ साल अघि
- २८२ पटक पढिएको
आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिएको छ । राजपाक्षे परिवारको घर लगायत सत्तारुढ दलका १५ भन्दा बढी सदस्यको घर र कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे परिवारको घर लगायत सत्तारुढ दलका १५ भन्दा बढी सदस्यको घर र कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका हुन् । प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेका अभिभावकको स्मारक समेत भत्काइदिएका छन् ।
यसअघि प्रधानमन्त्री राजापाक्षेले सोमबार दिउसो तीब्र विरोधबीच पदबाट राजीनामा दिएका थिए । प्रदर्शनकारीले तीन पूर्वमन्त्री र दुई जना सांसदको घरमासमेत आगजनी गरेका छन् । झडपमा सत्तारुढ दलका सांसदको मृत्यु भएको छ । झडपमा सांसद अमरकिर्थी अथुकोरालाको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस