सत्ता गठबन्धनले पाँचदलबीच भागबन्डाको टुंगो लगायो
- वर्ल्ड दैनिक
- २ साल अघि
- २७० पटक पढिएको
सत्ता गठबन्धनले महानगर र उपमहानगरबीचको भागबन्डाको टुंगो लगाएको छ। आज बसेको बैठकले ६ महानगर र ११ उपमहानगरको पाँचदलबीच भागबन्डाको टुंगो लगाएको हो।
गठबन्धनले केन्द्रमा भएको सहमतिअनुसार स्थानीय तहमा तालमेल गर्न निर्देशन दिएको छ । गठबन्धनको निर्णय अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर पाएको छ ।
त्यस्तै नेकपा (माओवादी केन्द्र)ले भरतपुर महानगर, नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको मेयर पाएको छ । त्यस्तै उपप्रमुखतर्फ काठमाडौं एकीकृत समाजवादी, कांग्रेसले वीरगञ्ज, भक्तपुर र पोखरा, माओवादीले ललितपुर र विराटनगरको उपमेयर जसपाले पाएको छ भने उपमहानगरपालिकातर्फ कांग्रेसले धरान, इटहरी, कलैया, तुलसीपुरगढी, नेपालगञ्ज धनगढीको नेतृत्व लिने सहमति भएको छ ।
त्यसैगरी माओवादीले जितपुर–सिमरा र घोराही गरी दुई उपमहानगरको नेतृत्व लिने सहमति भएको छ । एकीकृत समाजवादीले हेटौँडा उपमहानगरपालिकाको नेतृत्व लिने र जसपाले जनकपुर उपमहागरको नेतृत्व लिने सहमति भएको छ ।