दललाई उमेदवार छान्न धौधौ
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २०३ पटक पढिएको
सिन्धुलीमा चुनावी गतिविधि बढेको छ । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लामा चुनावी गतिविधि बढ्दै गएको छ ।

यसैबीच राजनीतिक दलहरू उम्मेदवार छनोटमा व्यस्त छन् । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरु चुनाव समन्वय गर्ने केन्द्रको निर्णयको पर्खाइमा छन् । केही वडासहित दुई वडामानेकपा एमालेले सर्वसम्मतिले उम्मेदवार छनोट गरेको छ । एमालेले अन्य नगर प्रमुख, उपप्रमुख र वडाध्यक्ष पनि सर्वसम्मतिले निर्वाचित गराउन धौधौ भएको देखिन्छ ।
गत निर्वाचनमा जित्ने र हार्ने प्रमुख तीन दलहरू यसपटक पनि उम्मेदवारको आकांक्षी रहेकाले उम्मेदवार टुंगो लगाउन गाह्रो भएको बुझिएको छ । नयाँ र युवा पुस्ता यस निर्वाचनमा नेतृत्व लिन तयार भएकाले पछिल्लो चुनाव जितेर दोहोर्याउन चाहनेहरूका लागि यो चुनौती बनेको छ ।
निर्वाचन समन्वय गर्न जिल्लाका सत्तारुढ दलका नेताहरु सहमत भए पनि कार्यकर्ता भने समन्वयको पक्षमा छैनन् । नेकपा–माओवादीका केन्द्रीय सदस्य तथा सिन्धुली इन्चार्ज राजन दाहालले सत्तारुढ दलहरु प्रतिगमन विरोधी र लोकतन्त्रको रक्षाका लागि भएकाले चुनावमा गठबन्धन गर्ने बताएका छन् ।
नेकपा (एमाले) सिन्धुली प्रचार विभाग प्रमुख सञ्जय दाहालका अनुसार पार्टीले पुरानाभन्दा पनि जनतामाझ लोकप्रिय भएकालाई टिकट दिने तयारी गरेको बताए । ‘केही दलबीच तालमेल भए पनि नेकपा एमाले एक्लै चुनाव लड्न तयार छ । यसका लागि योग्य र विजयी उम्मेदवारलाई पार्टीले टिकट दिनेछ,’ दाहालले भने ।