संयुक्त राष्ट्र संघीय मानवाधिकार परिषदले रूसलाई निलम्बन गर्यो
- वर्ल्ड दैनिक
- २ साल अघि
- २१३ पटक पढिएको
संयुक्त राष्ट्र संघीय मानवाधिकार परिषदले रूसलाई निलम्बन गरेको छ । बीबीसीका अनुसार संयुक्त राष्ट्र संघले रुसले युक्रेनी सहर बूचामा मानवअधिकार उल्लंघन गरेका कारण निलम्बित गरेको हो ।
संयुक्त राष्ट्रसंघमा ९३ देशले युएनएचसीआरको निलम्बनको पक्षमा मतदान गरे भने २४ देशले विपक्षमा मतदान गरे। मतदान प्रक्रियामा ५८ देश अनुपस्थित थिए ।
नेपाल पनि निर्वाचनमा अनुपस्थित रह्यो । चीनले प्रस्तावको विपक्षमा मतदान गर्यो भने भारतले अनुपस्थिती जनायो ।
प्रतिक्रिया दिनुहोस