झापाको अर्जुनधारामा बोलेरोको ठक्करबाट एक पैदलयात्रुको मृत्यु
- वर्ल्ड दैनिक
- २ साल अघि
- २५८ पटक पढिएको
झापामा सवारी साधानको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ। अर्जुनधारा नगरपालिका–६ पुष्पलाल चोकस्थित भएको दुर्घटनामा अर्जुनधारा–६ कयका ५३ वर्षीय कृष्ण निरौलाको मृत्यु भएको छ भने सोही घटनामा बिर्तामोड–५ का ४५ वर्षीय अर्जुन उप्रेती गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र१–०१–००१–च ९१०७ नंको बोलेरोले आज बिहान ५ः३० बजे ठक्कर दिदा सो घटना निम्तिएको हो। गम्भीर घाइते भएका उप्रेतीको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि चालक फरार भएकाले बोलेरो नियन्त्रणमा लिएर अनारमनीस्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ ।
यसबारे थप अनुसन्धान भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस