बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु
- वर्ल्ड दैनिक
- २ साल अघि
- २०९ पटक पढिएको
बिहीबार बिहान बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका-१९ स्थित नेवारपानीमा उक्त्त घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेको नाम र ठेगाना खुल्न सकेको छैन। बागमती प्रदेश ०३-००१ ख १३६५ बसको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु हो।
प्रहरीले ठक्कर दिने बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस