सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक सुरु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २०२ पटक पढिएको

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ । बैठकमा स्थानीय निर्वाचनबारे छलफल भैरहेको बताइएको छ ।

एकै पटक देशभरका ७५३ वटा स्थानीय तहमा वैशाख ३० गते निर्वाचन हुने भएको छ।  उक्त निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनमा रहेका दलहरु चुनावी तालमेल गरेर उम्मेदवार उठाउने तयारीमा रहेका छन् । सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल गर्नसक्ने निर्णय गरिसकेका छन् । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित