सत्तारुढ दलहरुबीच समन्वय हुने : प्रचण्ड

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४७८ पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय निर्वाचनमा केन्द्रबाट महानगर र उपमहानगरपालिकामा सत्तारुढ दलहरुबीच समन्वय हुने बताएका छन् । आज पत्रकारसँग कुरा गर्दै उनले सत्तारुढ गठबन्धनका साझेदारहरुबीच समन्वय हुने बताए ।

उनले भने, ‘महानगर र उपमहानगरपालिकालाई केन्द्रबाट समन्वय गर्ने विषयमा छलफल भइरहेको छ । बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही निर्णयमा पुग्छौँ’, उनले भने ।

भरतपुर महानगरमा आफ्नो दाबी रहेको बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रिय शक्तिलाई बलियो बनाउन र आवश्यकता अनुसार समन्वय गर्न अघि बढेको बताए । सबै राजनीतिक दल आ–आफ्नो तरिकाले निर्वाचनको तयारीमा रहेको बताउँदै उनले निर्वाचन सुनिश्चित भएको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित