निर्वाचन आयोगले सत्तारुढ दलसँग मिलेर नियम बनायो : ओलि

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १३८ पटक पढिएको

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग एमाले विरोधी भएको आरोप लगाएका छन् ।

सोमबार पार्टीको पोलिटब्युरोको बैठकलाई सम्बोधन गर्दै उनले मतपत्रलाई हरियो बनाउने र स्थानीय तहका जनप्रतिनिधिले चुनाव लड्नुअघि राजीनामा दिनुपर्ने प्रावधानको एमालेले विरोध गरेको बताए ।

बैठकमा उनले निर्वाचन आयोगले सत्तारुढ दलसँग सल्लाह गरेर नियम बनाएको आरोप लगाएका हुन् ।

निर्वाचन आयोगले आचारसंहितामा जनप्रतिनिधिले मनोनयन अघि राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । स्थानीय तहमा नेकपा एमालेका जनप्रतिनिधिलाई लाजमा पार्ने गरी आचारसंहितामा यो व्यवस्था समावेश गरिएको ओलीले टिप्पणी गरे । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित