दलित महिलालाई बन्धक बनाएर यातना

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३३८ पटक पढिएको

रामेछापको मन्थली नगरपालिका–६ मा दलित महिलालाई बन्धक बनाएर यातना दिइएको छ । चिउरीपानीका ६३ वर्षीय शेरबहादुर श्रेष्ठको परिवारले मन्थली नगरपालिकाकी १२ वर्षीया बालिकालाई दही चोरेको आरोपमा यातना दिएका हुन् ।

बालिकालाई मंगलबार दिउँसो उद्धार गरिएको रामेछापका डिएसपी राजकुमार थिङले बताए । श्रेष्ठ परिवारले बालिकालाई फागुन ३० गते दिउँसो सांढे चार बजेदेखि पोलमा बाँधेर यातना दिएका थिए । बालिकालाई बन्धक बनाएको आरोपमा प्रहरीले शेरबहादुर श्रेष्ठलाई पक्राउ गरेको थियो ।

पीडित परिवारले श्रेष्ठविरुद्ध अपहरण गरी बन्धक बनाएको भन्दै उजुरी दिएका थिए। उजुरी दर्ता गरी अनुसन्धान सुरु गरिएको डीएसपी थिङले जानकारी दिए । प्रहरीले बालिकालाई मन्थली नगरपालिका–६ चिउरीपानीस्थित श्रेष्ठको घरबाट उद्धार गरी सदरमुकाम ल्याएको थियो ।

घरमा पसेको आरोपमा श्रेष्ठको परिवारले थाम पछाडि हात बाँधेर राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मन्थली–६ का अध्यक्ष गोपाल माझीले बन्धक बनाएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित