एमसीसी विरुद्द २६ दलिय मोर्चाको प्रदर्शन

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २९७ पटक पढिएको

 

विप्लव नेतृत्वको नेकपासहित २६ दलिय मोर्चाले एमसीसी सम्झौता खारेजको माग गर्दै काठमाण्डू स्थित मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए) कार्यालय अगाडि घेराउ गरेका छन् । मोर्चाले एमसीसी नेपालको अहितमा रहेको भन्दै सोमबार एमसीएको कार्यालय घेराउ गरेका हुन् । 

एमसीसी सम्झौता खारेज गर, गो ब्याक एमसीसी, देशभक्ति शक्तिहरु एक हौँ लगायतका नाराहरु लगाउँदै प्रदर्शनकारीहरुले एमसीए कार्यालय घेराउ गरेका थिए  । संयुक्त मोर्चामा आवद्ध विभिन्न राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरु घेराउ कार्यक्रममा उपस्थित रहेका थिए । 

""

त्यसैगरी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले एमसीसी सम्झौता नेपाल माथि लादिएको जनाएको छ । केन्द्रिय समितिले जारि गरेको घोषणा पत्र मार्फत पार्टीले अमेरिकाले ४५ करोड ९० लाख डलर अनुदानका लागि विधुतीय प्रसारण लाइन र सडकको स्तर उन्नति गर्न अनुदान दिने नाममा एमसीसी सम्झौता नेपाल माथि लादिएको जनाएको हो । 

घोषणा पत्रमा एमसीसी सम्झौता नेपालको विद्युत कब्जा गर्न गरिएको साम्राज्यबादी लगानी भएको उल्लेख गरिएको छ । घोषणापत्रमा भनिएको छ, "यस्तो राष्ट्रघाती सम्झौता संसदबाट पारित गराउन नेपालका राष्ट्रघाती संसदबादी पार्टीहरु कसेर लागिरहेका छन् ।"

""

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टी (माले) का महासचिव सीपी मैनाली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले गत बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एमसीए कार्यालय घेराउलगायत संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित