एमालेका उपाध्यक्ष भीम रावलले दिए कार्यदलबाट लिखित राजीनामा

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २४४ पटक पढिएको

 

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कार्यदलबाट लिखित राजीनामा दिएका छन् ।  उनले १० बुँदे समझदारी कार्यान्वयनका लागि बनाइएको सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले इच्छा नदेखाएको भन्दै राजीनामा दिएका हुन् ।

एमालेमा उत्पन्न अन्तरविरोध र समस्या समाधान गर्न १० बुँदे सहमति भएको थियो । अध्यक्ष ओलीलाई सम्बोधन गर्दै उनले गत कात्तिक १० मा  नै लिखित राजीनामा पेश गरेको बताएका छन् । 

उनले राजीनामा दिदै भने ‘पार्टीको एकता र अग्रगतिका लागि भएको १० बुँदे सहमति र त्यसको कार्यान्वयनका निम्ति जारी अन्तर पार्टी निर्देशन- १२ कार्यदलका सुझाव र सहमतिसहित पालना गराउने तर्फ स्वयं पार्टी अध्यक्षबाट नै अनिच्छा देखिने र बुझिने गरी सार्वजनिकरुपमा मात्र होइन पार्टीको स्थायी कमिटीको बैठकमा नै अभिव्यक्त भएकोले कार्यदलमा रहिरहनुको औचित्य नदेखिदा स्थायी कमिटीको बैठकमा गरेको घोषणा अनुरुप कार्यदलको संयोजक र सदस्यबाट यो राजीनामा पेश गरेको छु।’ 

१० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै थप क्षति हुनबाट रोक्न केन्द्रीय कमिटीको बैठकबाट उक्त सहमति अनुमोदन भएको थियो । साथै अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन–१२ कार्यान्वयनका लागि जारीसमेत गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित