Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

देशभर आंशिकदेखि सामान्य बदली

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २७५ पटक पढिएको

 

हाल नेपालमा आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको छ । देशमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । 

महाशाखाका अनुसार अहिले प्रदेश नं १ र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ ।

त्यस्तै शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । काठमान्डू उपत्यकामा आज बिहानैदेखि बदली रहेको छ । बदलीका कारण उपत्यकामा केही चिसो महसुस गरिएको छ । काठमाण्डूको  अधिकतम २८ दशमलव ५ र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित