तीन दिन सम्म मौसम बदली भईरहने
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४३५ पटक पढिएको

शनिबार रातिदेखि मौसममा बदली आएको कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हल्का तथा मध्यम वर्षा भएको छ । आगामी ३ दिन सम्म देशभर सामान्य देखि पूर्ण बदली भैरहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। वाकी हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको विभागले जनाएको छ ।
विभागका अनुसार सोमबार बिहान देशको अधिकांश भू-भागमा सामान्य बदली रहि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षासमेत भइरहेकोले आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।