कोरोना भाइरसको उत्पत्ति पत्ता लगाउन डब्ल्यूएचओले गठन गरे नयाँ कार्यदल
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ६३१ पटक पढिएको

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काम कोरोना भाइरसको उत्पत्ति पत्ता लगाउनको लागि कार्यदल गठन गरेको छ । डब्लूएचओले नयाँ कार्यदल कोभिड-१९ को उत्पत्ति पत्ता लगाउने अन्तिम अवसर हुनसक्ने जनाउदै ‘साइन्टिफिक एड्भाइजरी ग्रुप अन ओरिजिन्स अफ नोबल प्याथोजिन्स’का लागि २६ जना विज्ञको कार्यदल गठन गरेको हो ।
चीनको वुहान शहरमा डेढ वर्षभन्दा बढी समयअघि पत्ता लागेको कोरोनाभाइरस पहिलो पटक कहाँ उत्पत्ति भयो भन्ने कुरा अझै पनि अस्पष्ट छ । डब्ल्यूएचओको टोलीले कोरोनाभाइरस वुहानमा जनावरबाट मानवमा सरेको अथवा दुर्घटनावश प्रयोगशालाबाट ‘लीक’ भयो भन्नेबारे अनुसन्धान गर्ने जनाएको छ ।
गत फेब्रुअरीमा डब्ल्यूएचओकै एउटा अनुसन्धान टोली चीन पुगेको थियो। चीनले प्रयोगशालाको कुरालाई कडा शब्दमा खण्डन गर्दै आएको छ ।सो टोलीले कोरोनाभाइरस सम्भवतः चमेरोबाट उत्पन्न भएको निचोड निकाले पनि थप काम गर्नुपर्ने खाँचो औँल्याएको थियो।
तर पछि डब्ल्यूएचओका महानिर्देशक ट्रेडोस एड्हानोम गेहब्रयससले तथ्याङ्कको अभाव र चीन पारदर्शी नहुँदा अनुसन्धान प्रभावित भएको बताएका बिबिसीले जनाएको छ । प्रस्तावित नयाँ अध्ययन टोलीमा यसअघि चीन गएको टोलीमा संलग्न छजना विज्ञ पनि समावेश रहेको बताइएको छ । डब्लूएचओका अधिकारीहरुले साइन्स जर्नलमा प्रकाशित गरेको एक लेखेमा ‘प्रयोगशाला दुर्घटना’को विषयलाई अस्वीकार गर्न नसकिने उल्लेख गरेको छ।