राजा बन्ने हो भने स्यालको संगत छोडीबक्सियोस् महाराज – दुर्गा प्रसाईं

  • वर्ल्ड दैनिक
  • २ महिना अघि
  • ५२२ पटक पढिएको
राजा बन्ने हो भने स्यालको संगत छोडीबक्सियोस् महाराज – दुर्गा प्रसाईं

यतिबेला नेपालमा राजनीतिक दल प्रतिको वितृष्णा बढदो देखिन्छ। पूर्व राजाको देश दौडाहा तिब्र छ भने,राजा कसले बोक्ने भन्ने होडबाजी पनि छ। राप्रपा र दुर्गा प्रसाई दुबैले हिन्दुराज्य र राजसंस्थाको मुद्दामा बुलन्द रुपमा आवाज उठाई रहेको देखिन्छ। तर उदश्य एउटै भए पनि राप्रपा सरकारमा सभामुख देखि सांसद सम्म भएकोले प्रसाईंसंग तालमेल मिलेको देखिदैन । राप्रपाले हेटौडाको कार्यक्रममा असहयोग गरेको भन्दै प्रसाईं कै अभियानले आयोजित आमसभामा पूर्व राजालाई सम्बोदन गर्दै भने “राजा बन्ने हो भने स्यालको संगत छोडीबक्सियोस् महाराज”।

प्रसाईंको यो अभिव्यक्तिले राप्रपा र प्रसाईं बीच सित युद्द चलिरहेको प्रस्ट बुज्न सकिन्छ। प्रसाईंले फागुन १ गते काठमाण्डौमा पूर्व राजाको हात बाट महादिप बाल्ने घोसणा गरेका थिए ।अब प्रसाईं र पूर्व राजा बिचको सम्बन्द कस्तो छ भनेर त फागुन १ मा पूर्व राजाको उपस्तिथी हुन्छ वा हुदैन भन्ने कुराले स्पष्ट पार्छ। तर राजाबादी स्रोतका अनुसार पूर्व राजाले प्रसाईं ,राप्रपा र अन्य राष्ट्रवादी शक्तिलाई एक सुत्र भएर राष्ट्रिय झन्डा मुनि उभिन आग्रह गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%४%