फागुन १ गते दुर्गा प्रसाईंलाई सघाउन राप्रपालाई पूर्व राजाको ठाडो निर्देशन

  • वर्ल्ड दैनिक
  • ३ महिना अघि
  • ५१८१ पटक पढिएको
फागुन १ गते दुर्गा प्रसाईंलाई सघाउन राप्रपालाई पूर्व राजाको ठाडो निर्देशन

देशमा अहिले पूर्वराजाको निकै दौडधुप देखिन्छ। नागरिक अभिनन्दन भन्दै जनतको भावना बुज्न यो दौडधुप भएको भन्ने बुजिएको छ। बिद्यामान दलहरु संग असन्तुष्ट भए पछि जनतामा अहिले पूर्व राजाको मोह बढेको पाइएको छ। राज संस्थाको ओकालत गर्दै विभिन्न आन्दोलन पनि भइ रहेको यति बेला देख्न सकिन्छ।
जनतामा राजाको मोह बढेतापनि राज संस्थाको मुद्दा उठाउनेहरु एकै ठाउमा आउन सकेका छैन।
राजेन्द्र लिङ्ग्देन नेतृत्वको राप्रपा र दुर्गा प्रसाईले उठाइ रहेको राजाको मुद्दा एउटै भएपनि लिङ्ग्देन र प्रसाईंको सित युद्द जस्तो चलि रहेको छ। मङ्सिर ७ मा दुर्गा प्रसाईं ले गरेको आन्दोलनलाई राप्रपाले झापा बाट आफ्नो कार्यक्रता रोकेर मौन असमर्थान जनायो। त्यसबेला पूर्व राजाले लिङ्ग्देनलाई धुलाबारीको मेची क्राउनमा बोलाएर, ठुलो छाती बनाएर प्रसाईलाई सहयोग गर भनि हकारेका थिए भन्ने राजाबादी स्रोतले बताएको छ। आज पनि नागरिक अभिनन्दन कै लागि भैरहवा पुगेका पूर्व राजाले धावल सम्शेर राणा,राजेन्द्र लिङ्ग्दे ,बुद्धि तामाङ लगाएतका राप्रपाक शिर्ष नेताहरु लाइ लन्चमा बोलाएको राजाबादी स्रोतले जनाएको छ।
उक्त लन्च कार्यक्रममा पूर्व राजाले राप्रपालाई दुर्गा प्रसाईको महाअभियानलाई साथ दिन ठाडो निर्देशन दिएको राजाबादी स्रोतले जनाएको छ। मेची पुलको कार्यक्रम देखि आज सम्मको प्रसाईको क्रियाकलाप बाट पूर्व राजा निकै प्रभाभित भएको पनि स्रोतले खुलेको छ। गणतन्त्र र गणतन्त्रबादी नेताहरु लाई च्यालेन्ज गर्दै राजालाई जनता माझ बोलाएर २०७९ फागुन १ गते मेचीमा दिप बालेर दुर्गा प्रसाईंले अभियान सुरु गरेकोमा पुर्व राज प्रसाईं संग नजिक भएको स्रोतले बताएको छ। राजा र राज परिवार संग दुर्गा प्रसाईंको सम्बन्ध सुमधुर हुदै गएको स्रोतले जनाएको छ।
पूर्व राजाको भैरहवा नागरिक अभिनन्दन कार्यक्रम बारे प्रसाईंले हाम्रा सम्वादाता संगको टेलिफोन संबादमा भने’राजा सबका साझा हुन्, सबै नागारिकको बराबर अधिकार छ’ प्रसाईंले आफु नेपाल बाहिर रहेको र राप्रपाको बिषयमा कुनै टिप्पणी नगर्ने बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३५%४२%४%११%१%१७%