सूचनाको हकलाई असर पार्ने ढङ्गले हुने प्रचारबाजीलाई नियन्त्रण गर्नु पर्छ : सभामुख घिमिरे
- वर्ल्ड दैनिक
- २ महिना अघि
- १४४ पटक पढिएको

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सूचनाको हकलाई असर पार्ने ढङ्गले हुने प्रजारबाजीलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित सूचनाको हकको लागि प्रथम राष्ट्रिय सम्मेलनमा उनले सूचनाको हकलाई दुरूपयोग गर्ने प्रयत्नहरू भएको बताए ।

उनले भने, ‘सूचनाको हकलाई दुरूपयोग गर्ने प्रयत्नहरू भएका छन् । चर्चा परिचर्चामा सूचनाको हकलाई असर पार्ने ढङ्गबाट हुने प्रचारलाई नियन्त्रण गर्नुपर्छ ।’ विगतको प्रतिबन्धलाई तोडेर पनि सूचना प्रवाह गर्ने कुराहरूमा हिजोका गलत परिपार्टी र प्रणालीलाई सुधार गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
सभामुख घिमिरेले प्रजातन्त्रको स्थिरता र समृद्धिको लागि सबै निकायहरू जवाफदेही ढङ्गले काम गर्न सकुन भन्ने अर्थमा संञ्चार क्षेत्रले भूमिका खेल्नुपर्ने बताए ।
१%
प्रतिक्रिया दिनुहोस