दोलखाबाट ४ किलो सुन बरामद

  • वर्ल्ड दैनिक
  • २ महिना अघि
  • १५४ पटक पढिएको
दोलखाबाट ४ किलो सुन बरामद

दोलखाको सिँगटीबाट प्रहरीले ४ किलो सुन बरामद गरेको छ। बुधबार राति इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले सुन जस्तो देखिने चार थान बिस्कुट बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ।

प्रहरी स्रोतका अनुसार सुन कारोबारमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरु दोलखाको बिगु गाउँपालिका १ लामाबगर निवासी रहेको स्रोत जानकारी दिएको छ।

तिब्बत र दोलखाको सिमाना फलेक हुँदै सो सुन सिंगटीमा ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ।

यसबारे थप जानकारी प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी दिने तयारी गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित