नेपाल राष्ट्र बैंकद्वारा सुन आयात परिमाणको सीमामा बढुवा
- वर्ल्ड दैनिक
- २ महिना अघि
- १३२ पटक पढिएको

नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्न पाउने सुनको परिमाणको सीमा बढाएको छ। केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै अब २० किलोसम्म सुन ल्याउन दिने भन्दै सुनको परिमाणको सीमा बढाएको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायीको आग्रहअनुसार सुन आयातको सीमा बढाउने निर्णयसहित केन्द्रीय बैंकलाई पत्राचार गरेको थियो। सोही आग्रह अनुसार केन्द्रीय बैंकले सुन आयातको सीमामा बढुवा ल्याएको छ।
यसअघि दैनिक १० किलो मात्रै सुन आयात गर्न पाईरहेको थियो।
प्रतिक्रिया दिनुहोस