राहत शिक्षकको आन्दोलन जारी, प्रहरीको हस्तक्षेप
- वर्ल्ड दैनिक
- २ महिना अघि
- १२९ पटक पढिएको

काठमाडौं । आन्दोलनरत राहत शिक्षकहरूले काठमाडौंमा आज आफ्नो आन्दोलन जारी राखेका छन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा बुधबारबाट उनीहरूले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन्।

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरूका माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरूले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन्। राहत शिक्षकहरूले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरूका माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन्।
विरोधको क्रममा निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको छ। विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरूको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो।
प्रतिक्रिया दिनुहोस