टर्की पठाइ दिन्छु भन्दै ठगि गरेको अभियोगमा पक्राउ
- वर्ल्ड दैनिक
- २ महिना अघि
- ९७ पटक पढिएको

वैदेशिक रोजगारको लागि टर्की पठाइ दिन्छु भन्दै ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-५ लेखनाथ टोल बस्ने ३२ वर्षीया सुरूची भुजेललाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

सोही टोल ठेगाना भएका ४२ वर्षीय विनोद श्रेष्ठ समेतले ३० जनालाई वैदेशिक रोजगारका लागि टर्की पठाई टर्कीमा गएको भूकम्प पश्चात पुन: निर्माणको लागि युएनले सहयोग गर्ने उद्देश्यले मासिक १४ सय अमेरिकी डलर तलब दिने भनी प्रलोभनमा पारी पीडितहरुबाट १ करोड १५ लाख ९९ हजार ८ सय रूपैयाँ ठगी गरेकोले आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभागबाट जाहेरी दरखास्त प्राप्त भएपछि केन्द्रीय अनुसन्धान व्यूरो महराजंगजबाट खटिएको प्रहरीले उनलाई पोखरा कास्कीबाट पक्राउ गरेको हो।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस