सुन तस्करी प्रकरण बयान सकियो, थुनछेक बहस आज हुँदै

  • वर्ल्ड दैनिक
  • ११ महिना अघि
  • ४३२ पटक पढिएको
सुन तस्करी प्रकरण बयान सकियो, थुनछेक बहस आज हुँदै

६० किलो ७ सय ग्राम सुन तस्करी प्रकरणमा संलग्न प्रतिवादीहरुको बयान सकिएएको छ। हिजो (मंगलबार) प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा बयान लिई सकिएको थियो। बयान लिई सकिएसँगै थुनामा रहेका प्रतिवादीहरुको थुनछेक बहस आज सुरु हुँदैछ।

काठमाडौँका सूचना अधिकारी दिपक दाहालका अनुसार चिनियाँ नागरिकहरु याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङलाई सुन तस्करीमा संलग्न आरोपमा प्रतिवादी कायम गरिएको छ। टीयान मि र वेन तोङ ठमेल स्थित केटीबी रेष्टुरेण्टका संचालक समेत रहेका छन्।

अहिले तिब्बत मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङसँग, बेल्जियन नागरिक दावा छिरिङ, हर्कराज राई, भन्सार एजेन्ट रुकमिना सुब्बा, कृष्ण श्रेष्ठ र ट्रान्स ग्लोबल सर्भिसका संचालक पुष्करराज भट्टसहित २६ जना प्रहरीको हिरासतमा छन्।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रतिवादीहरुलाई थुनामा राखेर छानबिन गर्न आदेश माग गर्ने भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित