प्रधानमन्त्री दाहाल ल्हासा पुगे
- वर्ल्ड दैनिक
- २ महिना अघि
- ९१ पटक पढिएको

गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुगेका छन्। प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा दिउँसो आयोजना हुने अन्तक्रिया कार्यक्रममा सहभागी हुन स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा पुगेका हुन्।

उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गरेका थिए। तिब्बतको पोताला दरबार र जोखाङ मन्दिर पनि आजै भ्रमण गर्ने प्रधानमन्त्री दाहालको कार्ययोजना रहेको छ।
त्यस्तै थप कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गरि आज ल्हासामै बस्नेछन्। यसअघि प्रधानमन्त्री दाहाल मंगलबार बेइजिङबाट छिङछोङ सहर गएका थिए।
छिङछोङमा रहँदा उनले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा छिङछोङ महानगरले गरेको कामकारे जानकारी लिएका थिए।
उनका साथमा उनको भ्रमण दलका सदस्य परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव,भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू रहेका छन्।