असोज १२ गते बस्ने भनिएको राष्ट्रियसभा बैठक सारियो
- वर्ल्ड दैनिक
- १ साल अघि
- ४१७ पटक पढिएको

असोज १२ गते बस्ने भनिएको राष्ट्रियसभा बैठक सरेको छ। राष्ट्रियसभा बैठक असोज १८ गते बिहीबार दिउँसो १ बजे बस्नेगरी सारिएको हो।राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक सारिएको संसद सचिवालयले जनाएको छ।

संसद सचिवालयले जारी गरेको सूचनामा लिखित सूचना अनुसार ,’मिति २०८० साल असोज १२ गते शुक्रबार अपराह्न १:०१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद,राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल असोज १८ गते बिहीबार अपराह्न १:०१ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’
१%
प्रतिक्रिया दिनुहोस