२६ व्यापारी शेयर र बैंकको ऋण लिएर दशैं–तिहारलगत्तै भाग्दैछन् : दुर्गा प्रसाई

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २२३९ पटक पढिएको
२६ व्यापारी शेयर र बैंकको ऋण लिएर दशैं–तिहारलगत्तै भाग्दैछन् : दुर्गा प्रसाई

नेपाल व्यापार गदै आएका २६ परिवारका ५५ जना व्यापारीले पैसा आफुले गरेको लगानी कुम्ल्याएर भाग्ने तयारी गरिरहेको पाइएको छ । डुब्न लागेका कम्पनीहरुकाे शेयर बेचेर केही तस्कर ब्यपारीहरु दशै तिहार लगत्तै नेपाल छाेडेर भाग्दै छन्।

२६ जना व्यापारीका ५५ जना परिवारले सञ्चालन गरेको बीमा कम्पनी, पुनः बीमा कम्पनी, बैंक, सहकारीको शेयर र बैंकसँगै ऋण लिएर भाग्ने योजना बनाइरहेको मेडिकल व्यवसायी तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले बताएका छन् ।

४५ वर्ष अगाडी बर्माबाट व्यापार गर्न आएका १६ जना मारवाडी परिवारका व्यापारी र नेपालका १० जना व्यापारीहरुले अहिले यूएई, सिंगापुर र हङकङमा पैसा लुकाएका छन् । जसका कारण नेपालको अर्थतन्त्र धराप परेपछि उनीहरुले अन्तिम विकल्पमा सहकारी, बैंक, बीमा, लघुवित्तलगायत अन्य संस्थाको शेयर खुलाउने र त्यही पैसा लिएर भाग्ने तयारीमा रहेको सूचना पाएको प्रसाईले जानकारी दिए ।

अहिले ५५ जना व्यापारी लगानी गरेको सबै क्षेत्रबाट शेयर र बैंकबाट ऋण लिने काम भइरहेको छ । उनीहरु यसरी पैसा जम्मा गरेर भाग्नका लागि बाटो पनि बनाइरहेको प्रसाईले बताए । ‘बैंकको निक्षेप ७५ प्रतिशत कुम्ल्याएर भाग्ने गरी पैसा जम्मा गरिहेका छन् । उनीहरु यसरी भागेपछि नीजि बैंक भने सबै डुब्छ । त्यसपछि नेपालमा महाआर्थिक मन्दी लाग्छ । त्यसपनि देशको अवस्था भन्ने सकिदैन ।’ उनले भने, ‘४० खर्ब तीनै २६ व्यापारीको कब्जामा छ । जसका कारण उनीहरु त्यो पैसा लिएर भाग्दैछन् । यो विषयमा मैले सरकार र सम्बन्धीत निकायलाई एक वर्षदेखि सचेत गराउँर्दै आएको छु । तर, वेवास्ता भइरहेको छ ।’

हाल नेपालमा ७–८ खर्ब रुपैयाँ पैसा मात्र भएका कारण देशमा आर्थिक मन्दीको एउटा कारण भएको प्रसाईको भनाइ छ ।

अर्थतन्त्रमा पनि कब्जा गरी दैनिक पैसा विदेश लैजाने गरेको र ४० खर्ब रुपैयाँ नेपालको पैशा मारवाडीहरुकै हातमा भएका कारण त्यो पैसा लिएर भाग्ने उनको दाबी छ ।

४५ वर्षअघि सोहनलाल गोल्यानसहितका १६ परिवार बर्मा सरकारले आर्थिक अनियमतिता गरेको आरोपमा देश निकाला गरेको थियो । बर्मा सरकारले लखेटपछि उनीहरु नेपाल छिरेको नेपाली व्यवसायीहरु बताउँछन् ।

हाल मारवाडीका केही व्यापारी समुहरुले नेपालको ठुलो धन विदेशमा लुकाएर बसेको पाइएको सिविआई प्रहरीका एक अधिकारीले जानकारी दिएका छन् । ती प्रहरी अधिकारीका अनुसार केही मारवाडी व्यवसायीले पैसामा विदेशमा लुकाएको र ती व्यवसायी भागिरहेको जानकारी दिए ।

तीनै बर्माबाट छिरेका मारवाडीहरु अहिले भारतीय नोट तस्करी, सुन तस्करी, अवधै लागू औषधी र अन्य अवैध कार्यमा सलंग्न रहेको प्रसाईको भनाइ छ । व्यवसायी प्रसाईले मात्र होइन पछिल्लो समय केही नेपाली व्यवसायीहरुले यो विषयमा अप्रत्यक्ष रुपमा बोल्न थालेका छन् ।

केही सिमिति मारवाडी व्यवसायीहरुका कारण नेपालको अर्थतन्त्र खतरामा परेको आरोप उनीहरुले लगाउने थालेका छन् । अरु व्यवसायी पनि बोल्न थाले नेपालका एक उच्च व्यापारीका अनुसार नेपालका राजनीतिक दलका कारण नेपालको अर्थतन्त्रमा केही मारवाडी समुदायको मनपरी हुँदा अर्थतन्त्र धरापमा परेको छ ।

ललिता निवास प्रकरणको तीव्र छानविन भइरहेको अवस्थामा मारवाडी ब्यापारीहरू मध्ये केही काठमाडौबाट रातारात बेपत्ता भएका थिए । भने केही पक्राउ परी धरौटीमा छुटेका छन् । ललिता निवासको सरकारी जग्गा कब्जा गर्नेहरूमाथि कारबाहीको कानूनी प्रक्रिया सुरु भएपछि उनीहरू राजधानीबाट भागेर भारत र यूएई पुगेको प्रहरीले छानविनमा भनिएको छ ।

कैलाशचन्द्र गोयल, श्रवण गोयल (मीनबहादुर गुरुङको निकटस्थ मित्र एवम् सनराइज बैकका मालिक), गोविन्द सङ्घइ, डिम्पल बङ्शल, सज्जन कुमार चाचान, शिवरतन शारडा, निर्मलादेवी गोयल, मनोज केडीया, मनोज गोयल, देवाङ्शी गोयल र सन्दिप कुमार शारडा सरकारी जग्गा हात पार्नेहरूमा यीनै मारवाडी व्यापारीको नाम प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रसाईले केही दिनभित्रै ४० जना तस्कर मारवाडी, १० जना नेपाली बिचौलिया र १० जना भ्रष्ट नेताहरुको फोटो सहित नाम सार्वजनिक गर्ने समेत जानकारी दिएका छन् ।

विगत एक वर्षदेखि मेडिकल व्यवसायी प्रसाईले वैदेशिक रोजगारी, तस्कर व्यापारी, केही मारवाडी व्यापारी, वैदेशिक अध्ययन र हाल देशमा देखिएको समस्याका विषयमा आवाज उठाउँदै आएका छन् । उनले भनेजस्तै पछिल्लो समय देशको अवस्था, राजनीतिक अस्थिर, आर्थिक तरलता, तस्करी र अन्य विषयमा बहस हुन् थालेको छ । प्रसाईले सार्वजनिक रुपमै उठाउँदै आएका समसामयिक विषय राजनीतिक दल र केही तस्करी व्यापारीका हकमा भने, चुनौतीका रुपमा खडा भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%२%३%