बैंककोे चर्को ब्याजका कारण धेरै नेपाली व्यवसायी सुकुम्वासी
- वर्ल्ड दैनिक
- २ हप्ता अघि
- १२६१ पटक पढिएको

भदौ महिनाका लागि बैंकहरुले ब्याजदर तोकी आज सार्वजानिक गरेका छन्। बैंकहरुले व्यक्तिगत तर्फ अधिकतम १०.८९६ प्रतिशत र संस्थागततर्फ ९.८९६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरि सार्वजनिक गरेका हुन्।

यसैबीच मेडिकल व्यवसायी दुर्गा प्रसाईले यकिनका साथ् चालु आर्थिक वर्षभित्र कर्जा ब्याजदर १५ देखि २१ प्रतिशतसम्म ब्याजदर बृद्धि गर्ने बैंकहरुको आन्तरिक तयार रहेको दाबी गरेका छन्। यस्तो परिस्थिति आएमा नेपाली व्यवसायी व्यापार–व्यवसायबाट पलायन हुने सम्भावना ठुलो रहेको प्रसाईले बताए। प्रसाईले पछिल्लो समय बैंकका कर्जा ब्याजदर बृद्धि भएका कारण नेपाली व्यापार छाडेर विदेश पलायन हुने दाबी गरेका थिए। अहिले त्यो दाबी सत्य साबित भएको छ। हरेक दिन विदेश पलायन हुनेको संख्या बढ्दो देखिन्छ।
‘देशको कुल निक्षेपको ७० प्रतिशतमा ५५ जना व्यापारीको नियन्त्रण छ । एउटा गु्रपले एक करोड लगानी गरी १० खर्बसम्म कर्जा बैकबाट लिएको छ । चालु पुँजी कर्जा १० देखि १२ खर्ब अपचलन भएका कारण पनि आर्थिक मन्त्री देशमा देखिएको छ ।’ उनले भने, ‘आर्थिक मन्दीको यो सामान्य चरण हो । अहिले सञ्चालनमा रहेका कतिपय व्यापारी स्टक सम्मान बेचेर व्यवसाय छाडने पक्षमा छन् ।
हाल देखिएको समस्या सामान्य हो ।’ बैंकको कर्जा तिर्न नसकेर कयौं नेपाली व्यवसायी घरविहिन भएर व्यवसाय नै छाडेर भागिरहेको उनको दाबी छ । बैंककोे चर्को ब्याजका कारण धेरै नेपाली व्यवसायी सुकुम्वासी भएको प्रसाई बताउँछन् ।
केहि ठुला व्यापारी भनौदाले पैसा कब्जा गरेका कारण देश आर्थिक मन्दीमा यसै गुज्री रहेको छ। अब अझै यो रिती कायम हुदै गएमा खाद्यन्यमा संटक पर्न सक्ने प्रसाईले चेतावनी समेत दिएका छन्। प्रसाईका अनुसार बैंकले निक्षेप ब्याजदर पनि १५ प्रतिशतले बढाउने तयारी गरिहेको छ।
बैंकको चर्को ब्याजदरका कारण देश भरका ६० प्रतिशत व्यापारिक सटर खाली भइरहेका छन्। प्रसाईले भने जस्तै दशैंपछि पनि यो दर बढ्दै गएमा देशमा चाहिँ के रहला र ?