अवैध लागूऔषधसहित पक्राउ

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • ३४७ पटक पढिएको
अवैध लागूऔषधसहित पक्राउ

झापा, दमक नगरपालिका-२ खरखरे टोल घर भई हाल सोही नगरपालिका-८ चक्रपथ चोक डेरा गरी बस्ने २९ वर्षीय किशन राजवंशीलाई अवैध लागूऔषध औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

किशनले लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले तलासी गर्दा चुरोटको बट्टाभित्र पोको पारी राखेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित