अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • १५५ पटक पढिएको
अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन : पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीपुलमा बिहान ६ः४५ बजे सुक्खा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो ।

पहिरो पञ्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिनुभयो । पहिरोका कारण रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित