नेपाली राजनीति क्षेत्रमा डा. सुनिल शर्मा नाम चर्चा परिचर्चाको विषय

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ३९१ पटक पढिएको
नेपाली राजनीति क्षेत्रमा डा. सुनिल शर्मा नाम चर्चा परिचर्चाको विषय

पछिल्लोसमय डा. सुनिल शर्मा नेपाली राजनीति क्षेत्रमा चर्चा परिचर्चाको विषय बनेका छन्। मोरङ क्षेत्र नं ३ बाट निर्वाचित डा. सुनिल शर्मा नेपाली काँग्रेसका सांसद हुन्।

भ्रष्टाचारविरुद्ध खरो रुपमा उत्रिएका डा. शर्मा आफ्नै पार्टी संलग्न रहेको गठबन्धनविरुद्ध समेत बोल्न पछि पर्दैनन्। डा. शर्माले भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाइरहेको कुराले जनताको मन जित्न सफल समेत भएको छ। सरकारमा रहेका अन्य दलका अधिकांश सांसद तथा नेताहरु भ्रष्टाचारी जोगाउने सरकारको चाकडीमै ब्यस्त रहँदा सांसद शर्माले उठाएको आवाजले उनि चर्चामा आएका हुन्। हालै चर्चा बटुलेको ६१ किलो सुन तस्करी प्रकरणविरुद्धमा डा. शर्माले आफ्नो तर्क राख्दै मन्त्रीहरुविरुद्ध छानविन गर्न दबाब पनि दिए। त्यस्तै सुन तस्करी प्रकरणविरुद्ध बोल्दै उनले संसदमै अनसन बस्ने चेतावनी तथा नैतिकताका आधामा राजीनामा पनि मागे।

यतिसम्म आवाज उठाउँदा समेत भ्रष्टाचारलाइ ढाकछोप गर्न विभिन्न बहाना बनाई आरोप लगाउँदै सरकारले अपहरणको शैलीमा पक्राउ गर्‍याे। सरकारको नीतिनै पालना नगरी पक्राउ गरियो। जबकि बहालवाला सांसदलाई कुनै कसुरमा पक्राउ गर्नुपूर्व संसद सचिवालयलाई जानकारी गराउने चलन चल्दै आएकोमा त्यो नियम तोडेर पक्राउ गरि विभिन्न यातना र पीडा दिईसके पछि मात्र संसद सचिवालयलाई पत्र पठाइयो। यो सब हुँदा पनि जनताको दवावका कारण सरकारले उनलाई छोड्न बाध्य भयो। त्यस्तो यातना र पिडा खपेका शर्मा छुट्ना साथ् भ्रष्टाचारविरुद्ध नै खनिन थालेपछि जनताको दिलमा ठाउँमा बनाउन सफल भए।

आफ्नो निर्वाचन क्षेत्रका कुनै पनि बिरामीले आर्थिक अभावमा उपचार नपाएर थला पर्दा मेडिकल व्यवसायीसमेत रहेका सांसद डा. शर्मा आफै खटिन्छन् । विरामीलाई घरमै पुगेर एम्बुलेन्समा अस्पताल लैजान्छन् र निको गराएर पठाउँछन् । स्थानीयलाई स्वास्थ्य सेवामा सहुलियत दिइरहेका उनले निर्वाचन क्षेत्रका विभिन्न गाउँमा नियमित स्वास्थ्य शिविर चलाउँछन् । विराटनगरस्थित नोबेल अस्पतालमा आफ्नो निर्वाचन क्षेत्रका मतदाताका लागि उपचारमा ५० प्रतिशत छुट तथा विपन्न परिवारका लागि निःशुल्क उपचारसहित ५० बेडको क्याबिन निःशुल्क गरिदिएका छन् भने खाने बस्ने सुविधासहितका निःशुल्क ३० बेडको ब्यवस्था तथा काठमाडौँस्थित सिनामंगलमा रहेको काठमाडौँ मेडिकल कलेजमासमेत आफ्नो क्षेत्रका मतदाताका लागि निःशुल्क उपचारको ब्यवस्थासहित १५ शैय्याको कक्ष उपलब्ध गराइदिएका छन् ।

यो त उनको चुनावी प्रतिबदता नै थियो, जुन पूरा गरे । त्यसैले उनीबाट जिवनदान पाएकोमा खुशी हुनेहरुको संख्या टोलटोलमा सयौैं छन् । कोहीबाट परिचालित भएर ‘मेडिकल माफिया’को आरोप लगाउनेहरुको पनि बोली बन्द गरिदिएका छन् । शर्माले निर्वाचनमा विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टाभित्र ५० शय्या क्याबिन निःशुल्क सञ्चालन गर्ने घोषणा गरेका थिए । जुन स्वास्थ्य सेवा जनताले अहिले पनि पाइरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित