राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • २२१ पटक पढिएको
राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

काठमाडौँ : राष्ट्रियसभाको यही भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि निर्धारित बैठक स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले अर्को सूचना जारी नभएसम्म स्थगित भएको उल्लेख छ ।

राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी बैठक स्थगित गर्नुभएको सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित