त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड जिलेस्पी राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गर्दै

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • २९८ पटक पढिएको
त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड जिलेस्पी राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गर्दै

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेसँगै त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड जिलेस्पीजंग कार्कीले आज राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गरेका छन्। म्यानमारविरुद्ध आज भईरहेको पहिलो मैत्रीपूर्ण खेलको पहिलो रोजाईमा परेपछि कार्कीले आजको खेलबाट डेब्यू गरेका हुन्।

जिलेस्पीजंग कार्कीका दाई जर्जप्रिन्स कार्की आर्मीकै अर्का फरवार्ड समेत हुन्। कार्की यसअघि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका थिए। आर्मीबाट सहिद स्मारक ए डिभिजन लिग खेल्दा धेरैको नजरमा परेका उनि यसै पटक राष्ट्रिय टोलीको अन्तिम छनोटमा परेका हुन्।

म्यानमारविरुद्धको पहिलो खेलका लागि पहिलो रोजाईमा कप्तान समेत रहेका किरण चेम्जाङ, आशिष चौधरी, रोहित चन्द, अनन्त तामाङ, सनिश श्रेष्ठ, लाकेन लिम्बु, आभाष लामिछाने, मनीष डाँगी, आयुष घलान , अन्जन विष्ट, जिलेस्पीजंग कार्की रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ।

म्यानमारविरुद्ध आज भईरहेको पहिलो मैत्रीपूर्ण खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु भईसकेको छ। म्यानमारविरुद्ध आशिष चौधरी लेफ्ट ब्याकबाट खेल्दै छन्। अर्को महिना हुने लाओसविरुद्धको विश्व कप छनोटको तयारीको सिलसिलामा नेपाली टोली दुईवटा मैत्रीपूर्ण खेलका लागि म्यानमार पुगेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित