मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्क : अध्यक्ष ओली

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १८४ पटक पढिएको
मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्क : अध्यक्ष ओली

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्कका रूपमा रहेको बताउदै यसविरुद्ध सचेतना जगाउन आह्वान गर्नुभएको छ।  मानव बेचबिखनविरुद्धको १७आँैं राष्ट्रिय दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका उहाँले मानव बेचबिखन तथा ओसारपसार गर्ने प्रवृत्ति विरुद्ध एकजुट भएर लाग्न आग्रह गर्नुभएको हो। ।

अध्यक्ष ओलीले आफ्नो पार्टी सामाजिक न्याय, मानवता, नागरिकको समान अधिकार र अवसरका लागि आन्दोलनको अगुवाइ गरिरहेको जनाउँदै मानव बेचबिखन तथा ओसारपसार विरुद्धका हरेक अभियानमा एमाले निष्ठापूर्वक समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि उचित नीति तर्जुमा गरी भरपर्दाे कानुनी र संरचनात्मक आधार तय गर्न उहाँले आग्रह सरकारसँग आग्रह पनि गर्नुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित