१२ वर्षीया बालिका बलात्कृत, जिल्ला अदालतले सुनायो फैसला

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • ८६ पटक पढिएको
१२ वर्षीया बालिका बलात्कृत, जिल्ला अदालतले सुनायो फैसला

उदयपुर : उदयपुर जिल्ला अदालतले १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १९ वर्षीय एक युवकलाई १८ वर्ष कैद र रु छ लाख २० हजार जरिवाना गर्ने फैसला गरेको छ । आरोपी युवक बेलका नगरपालिका–५ बस्ने बर्ष १९ वर्षीय सुशान्त मगर हुन ।

जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजालासले मङ्गलबार सो सजाय सुनाएको जिल्ला अदालतका स्रेस्तेदार भेषराज भट्टराईले बताउनुभयो । विस २०७८ फागुन १३ गते एक बालिकालाई निज मगरले जबरजस्ती गरेपछि भोलिपल्ट पीडितका आफन्तले रामपुरस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

प्रहरीले तत्काल मगरलाई पक्राउ गरेर अनुसन्धानपछि चैत ८ गते जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित