कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • २२६ पटक पढिएको
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार

काठमाडौँ : काठमाडौँको भृकुटीमण्डपमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ। खुकुरी प्रहार व्यक्ति नुवाकोटाको विदुर नगरपालिका घर भएका श्यामबाबु सापकोटा रहेका छन्।

भृकुटिमण्डपमा आयोजित कार्यक्रमबाट फर्किने क्रममा उनीमाथि सापकोटाले घारिलो हतियारले आक्रमण गरेका हुन्। काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलका अनुसार नेता यादवमाथि आक्रमण गर्ने सापकोटालाई नियन्त्रणमा लिइएको छ।

खुकुरी प्रहार गर्दा टाउमा चोट लागेका नेता यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको अवस्था अहिले खतरामुक्त रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित