बागमतीे प्रदेशसभा बैठक पुनः स्थगित

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • ७१ पटक पढिएको
बागमतीे प्रदेशसभा बैठक पुनः स्थगित

मनहरि : आजको लागि तय गरिएको बागमतीे प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको अर्को बैठक यही भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिनुभयो । यसअघि गत असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०÷८१ को बजेट पारित गरेसँगै अनिश्चितकालका लागि स्थगित भएको बैठक दुई महिनापछि बस्ने तय गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित