उपमहासचिव खतिवडालाई मातृशोक

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • ६४ पटक पढिएको
उपमहासचिव खतिवडालाई मातृशोक

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ ।

उहाँकी ममतामयी आमा मालती खतिवडाको ८० वर्षको उमेरमा आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको सो पार्टीका उपाध्यक्ष प्रमेश हमालले राससलाई जानकारी दिनुभयो । मालतीका एक छोरा र तीन छोरी हुनुहुन्छ ।

उहाँको आजै दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित