बालेनले गरे चीन भ्रमण रद्द, लेखे यस्तो स्टाटस

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २६४ पटक पढिएको
बालेनले गरे चीन भ्रमण रद्द, लेखे यस्तो स्टाटस

भखरै चीनले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे नक्सा नसमेटेपछि बालेनले आफ्नो चीन भ्रमण रद्द गरका छन्।

सो प्रकाशित नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई भारतको देखाएपछि काठमाडौँ महानगर प्रमुख बालेन शाहले ५ दिने चीन भ्रमण रद्ध गरेका हुन्। बालेनले चीन भ्रमण नैतिकका आधारमा रद्ध गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

मेयर बालेनले फेसबुकमा स्टाटस यस्तो लेखेका छन्– ‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं। केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ। त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित