नेपाली क्रिकेट टोली भारतसँग खेल्न श्रीलंका पुग्यो

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • १०० पटक पढिएको
नेपाली क्रिकेट टोली भारतसँग खेल्न श्रीलंका पुग्यो

काठमाडौं : एसिया कपमा बुधबार पाकिस्तानविरुद्ध खेलेको नेपाली टोली केहीबेर अघि श्रीलंका पुगेको छ। एसिया कपमा भारतसँगको खेलमा सहभागी हुन नेपाली क्रिकेट टोली श्रीलंका पुगेको हो।

नेपाल र भारतबीच समूहको दोस्रो खेल भदौ १८ गते हुने भएको छ। भारत र पाकिस्तानबीच आन्तरिक द्वन्द्वका कारण आईसीसीले पाकिस्तान र श्रीलंका गरि दुईओटा देशमा एसिया कपको आयोजना गरेको हो। भारत एसिया कप खेल्न पाकिस्तान नआउने भएपछि आईसीसीले श्रीलंकामा भारत र नेपालबीचको खेल राखेको हो।

भारत र पाकिस्तानबीचको खेलहरु पनि श्रीलंकामै हुने भएको छ। एसिया कपको उद्घाटन खेलमा नेपाल, घरेलु टीम पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो। पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले १०४ रन बनाएर अलआउट भएको थियो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित