राहुल महरामाथि संगठित सुन तस्करीमा मुद्दा चल्ने, म्याद थपका लागि लगियो जिल्ला अदालत

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २७२ पटक पढिएको
राहुल महरामाथि संगठित सुन तस्करीमा मुद्दा चल्ने, म्याद थपका लागि लगियो जिल्ला अदालत

सुन तस्करीमा नाम जोडिएका माओवादी नेता कृष्णबहादुर महराका सुपुत्र राहुल महरामाथि संगठित सुन तस्करीमा मुद्दा चल्ने भएको छ। २०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको आरोपमा नियन्त्रणमा बसेका उनीविरुद्ध संगठित अपराधमा मुद्दा चल्ने भएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले म्याद थपका लागि राहुललाई जिल्ला अदालत काठमाडौँ लगेको छ। संगठित अपराधमा प्रहरीले ६० दिनसम्म म्याद लिएर अनुसन्धान गर्न पाउने व्यवस्था रहेको छ।

त्यस्तै यता राहुल महराका पीत पूर्वसभामुख महराले सुन तस्करीसम्बन्धमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित