प्रधानमन्त्री दाहालसँग सार्क महासचिवको भेट

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • १८८ पटक पढिएको
प्रधानमन्त्री दाहालसँग सार्क महासचिवको भेट

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव इसला रुवान विराकुनले बिदाइ भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच सार्कका विविध विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले महासचिवका रुपमा विराकुनले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिकाको प्रसंशा गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित