कारको सिट मुनि लुकाई ल्याएको २० के.जी चाँदी फेला

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १९१ पटक पढिएको
कारको सिट मुनि लुकाई ल्याएको २० के.जी चाँदी फेला

सिन्धुली जिल्ला गोलन्जोर गा.पा.-५ खनियाँखर्क स्थित वि.पि. राजमार्ग सडकमा जाँदै गरेको बागमती प्रदेश ०१-०२५ च १०६९ नं को स्कोडा कम्पनीको निजि कार छानबिन गर्दा २० के.जी चाँदी फेला परेको छ।

वि.पि. राजमार्ग सडकमा बिहान प्रहरी चौकी गढी सिन्धुलीबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बागमती निजी कारलाई चेक जाँच गर्दा कारको पछाडी सिट मुनि लुकाई छुपाई ल्याएको २० के.जी चाँदी फेला परेको हो।

कारमा सवार मोरङ जिल्ला विराटननगर म.न.पा.-५ बस्ने वर्ष २५ को रोहित कुमार यादव र विराटनगर म.न.पा.-४ बस्ने वर्ष ३७ को शेचन मानन्धरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चाँदी र कार सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा लगिएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित