कुलमान घिसिङलाई तत्काल पदबाट निलम्वन प्रेम सुवालको माग

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २५० पटक पढिएको
कुलमान घिसिङलाई तत्काल पदबाट निलम्वन प्रेम सुवालको माग

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्वन गर्न नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारलाई आफ्नो माग राखेका छन्।

विजुली महशुल असुली गर्न नसकेकाले प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङलाई तत्काल पदबाट निलम्वन गरी कारबाही गर्नुपर्ने उनको माग रहेको छ। मंगलवार प्रतिनिधि सभा बैठकमा आफ्नो माग राखेका हुन्।

त्यस्तै सुवालले डेडिकेटेड ट्रंक लाईनबाट बिजुली लिने तर अर्बौं महशुल नतिर्नेहरुसँग मन्त्रीहरुले साँठगाँठ गरिरहेको आरोप लगाउँदै तथ्य बाहिर ल्याउनेगरी छानबिन गर्न पनि सरकारको ध्यानाकर्षण समेत गराएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित