मंगलबार सुनचाँदीको मूल्य फेरी बढ्यो,तोलाको कति ?

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • १२७ पटक पढिएको
मंगलबार सुनचाँदीको मूल्य फेरी बढ्यो,तोलाको कति ?

नेपाली बजारमा आज साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ।

महासंघका अनुसार आजप्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार १५० रुपैयाँ कायम भएको छ। हिजो सोमबार सुनको भाउ स्थिर रहेको थियो। हिजो प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउमा पनि वृद्धि आएको छ। आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित